
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
नेपालगंज
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | सेवा प्रदान गर्दा लाग्ने समय, प्रक्रिया र जिम्मेवार शाखा | सेवा प्रदान गर्दा लाग्ने समय, प्रक्रिया र जिम्मेवार शाखा | २०८२-०८-०७ | |
| २ | योजना अनुगमन तथा प्रशासन शाखा | योजना/मुल्याङकन तथा प्रशासन शाखाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्। कार्यालयमा दैनिक रुपमा आउने/पठाइने पत्रको कार्यालय प्रति तथा अभिलेख राख्ने। कर्मचारीको व्यक्तिगत विवरण, कार्य सम्पादन मुल्याङकनको अभिलेख दुरुस्त राख्ने। कार्यालयमा राजस्वको संकलन तथा दाखिला गर्ने/गराउने। विभाग तथा मन्त्रालयबाट माग भई आएका विवरणहरु उपलब्ध गर्ने/गराउने। विभागमा मासिक प्रगति विवरण तोकिएको समयमा पठाउने र सो को अभिलेख राख्ने। आगामी आ.व.का लागि कार्यालय तथा विभिन्न सरोकारवालासँग समन्वय गरि बजेट तर्जुमा गर्ने/गराउने। सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने। | २०८२-०८-०७ | — |
| ३ | खाद्य प्रविधि तथा पोषण शाखा | खाद्य प्रविधि तथा पोषण शाखाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्। आ.व. मा स्वीकृत खाद्य प्रविधि विकास तथा प्रशोधन सम्बन्धी तालिम, भेला, सेमिनार कार्यक्रम सम्पन्न गर्ने/गराउने। माग भई आएमा खाद्य/दाना व्यवसाय, संचालनका लागि प्राविधिक परामर्श प्रदान गर्ने/गराउने। ट्रायल अध्ययन गर्ने, नविन खाद्य उत्पादन तथा प्रविधिको विकास गर्ने र सो को प्रचार प्रसार गर्ने। सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने। | २०८२-०८-०७ | — |
| ४ | खाद्य तथा दाना प्रयोगशाला | खाद्य तथा दाना प्रयोगशालाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्। खाद्य/दाना निरिक्षकहरुबाट संकलित नमूनाहरुको विश्लेषण गरि प्रतिवेदन उपलब्ध गर्ने/गराउने। अन्य कार्यालय / संघ-संस्थाबाट प्राप्त नमूनाहरुको विश्लेषण गरि प्रतिवेदन उपलब्ध गर्ने/गराउने। प्रयोगशालाका उपकरणहरुको समय-समयमा जाँच गरि सो को अभिलेख राख्ने तथा उपकरणहरुमा त्रृटी देखिएमा जानकारी गर्ने/गराउने। सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने। | २०८२-०८-०७ | — |
| ५ | खाद्य तथा दाना स्वच्छता एवम् गुणस्तर नियमन शाखा | खाद्य ऐन/ नियम तथा दाना ऐन/नियमको कार्यान्वयन यस शाखाको मुख्य उद्देश्य हो। यस शाखाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, 20८१, खाद्य नियमावली, 2027, दाना ऐन, 2033 र दाना नियमावली, 2041 को प्रभावकारी कार्यान्वयन गर्न/गराउन समय-समयमा विभिन्न निकायहरुसँग समन्वय गरि बजार अनुगमन गर्ने/गराउने। समय-समयमा खाद्य/दाना निरीक्षकले बजारमा बिक्री/वितरण हुने शंका लागेका खाद्य पदार्थ तथा दाना पदार्थको नमूना संकनन गरि प्रयोगशालामा विश्लेषण गराउने। नमूनाको प्रयोगशालामा विश्लेषण गराउने क्रममा प्रतिकूल देखिएमा प्रचलित ऐन/नियम बमोजिम मुद्दा प्रकृया अगाडि बढाउने। खाद्य तथा दाना उद्योगको हकमा उद्योग स्थापनार्थ माग भई आएको सिफारिस प्रदान गर्ने/गराउने तथा उद्योगबाट उत्पादन पूर्व अनुज्ञापत्र जारि गर्न/गराउन निरीक्षण एवं सहजीकरण गर्ने/गराउने। आम उपभोक्ताबाट प्राप्त उजुरी/गुनासोहरुलाई विभिन्न सरोकारवालाहरुसँग समन्वय गरि प्रचलित ऐन/नियमको अधिनमा रहि उचित तवरले सम्बोधन गर्ने/गराउने। समय-समयमा हुने चाडबाड लक्षित अनुगमनमा सरोकारवालाहरुसँग समन्वय गरि सक्रिय रुपमा कार्य गर्ने/गराउने। सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने। | २०८२-०८-०७ | — |