खाद्य तथा दाना प्रयोगशाला
खाद्य तथा दाना प्रयोगशालाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्।
खाद्य/दाना निरिक्षकहरुबाट संकलित नमूनाहरुको विश्लेषण गरि प्रतिवेदन उपलब्ध गर्ने/गराउने।
अन्य कार्यालय / संघ-संस्थाबाट प्राप्त नमूनाहरुको विश्लेषण गरि प्रतिवेदन उपलब्ध गर्ने/गराउने।
प्रयोगशालाका उपकरणहरुको समय-समयमा जाँच गरि सो को अभिलेख राख्ने तथा उपकरणहरुमा त्रृटी देखिएमा जानकारी गर्ने/गराउने।
सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने।

