खाद्य तथा दाना स्वच्छता एवम् गुणस्तर नियमन शाखा
खाद्य ऐन/ नियम तथा दाना ऐन/नियमको कार्यान्वयन यस शाखाको मुख्य उद्देश्य हो। यस शाखाको मुख्य कार्यहरू यस प्रकार रहेका छन्।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, 20८१, खाद्य नियमावली, 2027, दाना ऐन, 2033 र दाना नियमावली, 2041 को प्रभावकारी कार्यान्वयन गर्न/गराउन समय-समयमा विभिन्न निकायहरुसँग समन्वय गरि बजार अनुगमन गर्ने/गराउने।
समय-समयमा खाद्य/दाना निरीक्षकले बजारमा बिक्री/वितरण हुने शंका लागेका खाद्य पदार्थ तथा दाना पदार्थको नमूना संकनन गरि प्रयोगशालामा विश्लेषण गराउने।
नमूनाको प्रयोगशालामा विश्लेषण गराउने क्रममा प्रतिकूल देखिएमा प्रचलित ऐन/नियम बमोजिम मुद्दा प्रकृया अगाडि बढाउने।
खाद्य तथा दाना उद्योगको हकमा उद्योग स्थापनार्थ माग भई आएको सिफारिस प्रदान गर्ने/गराउने तथा उद्योगबाट उत्पादन पूर्व अनुज्ञापत्र जारि गर्न/गराउन निरीक्षण एवं सहजीकरण गर्ने/गराउने।
आम उपभोक्ताबाट प्राप्त उजुरी/गुनासोहरुलाई विभिन्न सरोकारवालाहरुसँग समन्वय गरि प्रचलित ऐन/नियमको अधिनमा रहि उचित तवरले सम्बोधन गर्ने/गराउने।
समय-समयमा हुने चाडबाड लक्षित अनुगमनमा सरोकारवालाहरुसँग समन्वय गरि सक्रिय रुपमा कार्य गर्ने/गराउने।
सम्पन्न गरिएका क्रियाकलापहरुको अभिलेख राख्ने।

