
नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
नेपालगंज
| क्र.सं. | शीर्षक | विवरण | प्रकाशन मिति | संलग्नहरू |
|---|---|---|---|---|
| १ | परिचय | कृषि उपजमा आधारित खाद्य प्रशोधन प्रविधिको विकास एवम् प्रसार, देशका विभिन्न भागको पोषण स्थिति सर्वेक्षण र उपभोक्ताहरुको लागि गुणस्तरीय खाद्य पदार्थ आपूर्तिको लागि खाद्य ऐन/नियमको तर्जुमा गर्दै जाने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्थापना भएको थियो। बि.सं. २०१८ मा तत्कालिन कृषि तथा वन मन्त्रालय अन्तर्गत खाद्य विभागको रुपमा स्थापना भई समय समयमा संरचना विस्तार एवम् हेरफेर सँगै हाल अएर संघीय संरचनाको रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग रहेको छ। यसै गरि बि.सं. २०२३ सालमा खाद्य ऐन (२०८१ सालमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लागु भएको) र बि.सं. २०२७ मा खाद्य नियमावली तर्जुमा भई लागू भएको देखिन्छ। त्यस्तै पशु पालन एवं कुखुरा पालनको लागि गुणस्तरयुक्त दाना आपूर्ति होस् भन्ने हेतुले बि.सं. २०३३ सालमा दाना ऐन र बि.सं. २०४१ सालमा दाना नियमावली लागू भएपछि खाद्य एवं दाना पदार्थको गुण नियन्त्रण कार्यमा विभाग र अन्तर्गतका कार्यालयहरुबाट कार्यसम्पादन हुदै आएको छ। विभाग अन्तर्गत हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु बिराटनगर, जनकपुर, हेटौंडा, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी रहेका छन्। यसै गरि २२ वटा डिभिजन कार्यालय र १२ वटा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय रहेका छन्। बि. सं. २०५० सालमा स्थापित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंजको कार्यक्षेत्र साविकको मध्यपश्चिम विकास क्षेत्र अन्तर्गतका बाँके, बर्दिया, जाजरकोट, पूर्वी रुकुम, पश्चिम रुकुम, सल्यान, प्युठान, दाङ, सुर्खेत, जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालिकोट, रोल्पा र दैलेख जिल्लाहरु रहेका थिए भने यसै कार्यालय मातहत रहेको सुर्खेत डिभिजन कार्यालय हाल वि.सं. २०७९ बाट स्तरोन्नति भई यसै कार्यालय अनुरुपको संरचना भए पश्चात यस कार्यालयको कार्यक्षेत्र बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा तथा पूर्वी रुकुम गरी ६ जिल्ला रहेको छ। बि. सं. 2075 सालमा स्थापना भएका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयहरु मध्ये यस कार्यालयको मातहतमा हाल खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुल्सीपुर, दाङ रहेको छ । | २०८२-०८-०५ | — |